एसी मिलानले जित्यो सिरी ए फुटबलको उपाधि

१९ औँ पटक लिगको उपाधि जित्ने क्रममा एसी मिलान ११ वर्षपछि च्याम्पियन बनेको हो। उसको जितमा ओलिभर जिरुडले दुई गोल गरे।

नेपालभ्युज

एसी मिलानले जित्यो सिरी ए फुटबलको उपाधि

काठमाडौं। यस सिजनको इटालियन सिरी ए फुटबलको उपाधि एसी मिलानले ११ वर्षपछि जितेको छ।

गएराति भएको आफ्नो अन्तिम लिग खेलमा सासोउलोमाथि ३–० गोल अन्तरको शानदार जित निकाल्दै एसी मिलानले उपाधि हात पारेको हो।

१९ औँ पटक लिगको उपाधि जित्ने क्रममा एसी मिलान ११ वर्षपछि च्याम्पियन बनेको हो। उसको जितमा ओलिभर जिरुडले दुई गोल गरे।

सासोउलोको घरेलु मैदानमा मिलानलाई शुरुआती अग्रता दिलाउने क्रममा जिरुडले खेलको १७ औँ मिनेटमा पहिलो गोल गरे। उनले ३२ औँ मिनेटमा व्यिक्तिगत दोस्रो गरे।

खेलको ३६ औँ मिनेटमा फ्रान्क केस्सीले गोल गर्दै मिलानलाई ३–० को जित दिलाए। ३८ खेलमा ८६ अंक जोडेको मिलानले दोस्रो स्थानको इन्टर मिलानलाई २ अंकले पछि पार्दै लिग उपाधि जितेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved