आजको मौसम- देशका विभिन्न स्थानमा वर्षा हुने पूर्वानुमान

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा आज पनि वर्षा हुनेछ। हाल वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली छ।

नेपालभ्युज

आजको मौसम- देशका विभिन्न स्थानमा वर्षा हुने पूर्वानुमान

काठमाडौं। काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा आज पनि वर्षा हुनेछ। हाल वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली छ। देशका अरू भूभागमा आंशिकदेखि मौसम सामान्यतया सफा छ।

वाग्मती र गण्डकीका एक\दुई स्थानमा मेघगर्जन\चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यूनचापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा र मेघगर्जन÷चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति लुम्बिनी प्रदेशसहित गण्डकी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

लुम्बिनी प्रदेशका केही स्थानहरू र कर्णालीका पहाडी भूभागका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
देशका केही स्थानहरूमा मेघगर्जन\चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved