सलाह र ह्युङ मिनले पाए इंग्लिस प्रिमियर लिगको गोल्डेन बुट

प्रिमियर लिगको २०२१/२२ सिजनमा सलाह र ह्युङ मिनले आआफ्ना क्लबका लागि २३ गोल गरे। उनीहरु दुवै जना संयुक्त रुपमा सर्वाधिक गोलकर्ता बनेका हुन्।

नेपालभ्युज

सलाह र ह्युङ मिनले पाए इंग्लिस प्रिमियर लिगको गोल्डेन बुट

काठमाडौं। इंग्लिस प्रिमियर लिगको यस सिजनको गोल्डेन बुट दुई खेलाडीले संयुक्त रुपमा पाएका छन्। लिभरपुलका मोहम्मद सलाह र टोटेनहमका सन ह्युङ मिनले संयुक्त रुपमा गोल्डेन बुट अवार्ड जितेका हुन्।

प्रिमियर लिगको २०२१/२२ सिजनमा सलाह र ह्युङ मिनले आआफ्ना क्लबका लागि २३ गोल गरे। उनीहरु दुवै जना संयुक्त रुपमा सर्वाधिक गोलकर्ता बनेका हुन्।

इजिप्टका स्टार सलाहले सर्वाधिक असिस्टको उपाधिसमेत जितेका छन्। उनले २०२१/२२ सिजनमा १३ गोलका लागि असिस्ट प्रदान गरेका थिए।

यस सिजनको प्रिमियर लिगमा गोल्डेन गोल्भ्स अवार्ड पनि दुई खेलाडीले बाडेका छन् । च्याम्पियन म्यानचेस्टर सिटीका एडर्सन र लिभरपुलका एलिसन बेकरले संयुक्त रुपमा गोल्डेन ग्लोभ्स अवार्ड पाएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved