नेपाली क्रिकेट टिमले १९ र २१ गते अमेरिकामा २ अभ्यास खेल खेल्ने

नेपालभ्युज

नेपाली क्रिकेट टिमले १९ र २१ गते अमेरिकामा २ अभ्यास खेल खेल्ने
फाईल फोटो

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमले अमेरिकामा दुई अभ्यास खेल खेल्ने भएको छ। आईसीसी क्रिकेट विश्व लिग टू अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीच हुने शृङ्खलाअघि नेपालले अमेरिकामा दुई अभ्यास खेल खेल्ने भएको हो। खेल यही जेठ १९ र २१ गते हुनेछ।

नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपाल लिग टू को तयारी स्वरूप नेपाली अल स्टार्स र हाउस्टन हुरिकेनसँग ५० ओभरको खेल खेल्नेछ।

नेपाली टोली जेठ १५ गते अमेरिका पुग्नेछ। नेपालका पूर्वक्रिकेट खेलाडीहरूले चलाइरहेको नेपाली अल स्टारर्ससँगको सहकार्यमा यो भ्रमण सम्भव भएको क्यानले जनाएको छ।

नेपाली अल स्टार्सले यस बाहेक नेपाललाई तीन दिन अभ्यासको व्यवस्थासमेत मिलाएको छ । लिग टू का खेलहरू जेठ २५ देखि असार १ गतेसम्म हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved