काठमाडौं महानगरपालिका २३ को अध्यक्षमा एमालेका मचाराजा विजयी

काठमाडौं महानगरपालिका २३ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार मचाराजा महर्जन निर्वाचित भएका छन्। उनले १ हजार १६१ मत प्राप्त गरे।

नेपालभ्युज

काठमाडौं महानगरपालिका २३ को अध्यक्षमा एमालेका मचाराजा विजयी

काठमाडौं। काठमाडौं महानगरपालिका २३ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार मचाराजा महर्जन निर्वाचित भएका छन्। उनले १ हजार १६१ मत प्राप्त गरे।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उत्तमरत्न मानन्धरले ९२९ मत प्राप्त गरे। महिला सदस्यमा पनि नेकपा एमालेकी चन्द्रदेवी मानन्धर १ हजार १०१ मत ल्याएर विजयी भएकी छन्।

नेपाली कांग्रेसकी रिता माथेमाले ९८४ मत प्राप्त गरिन्।
खुला सदस्यमा नेपाली कांग्रेसका गोपाल नापितले १ हजार ६५ मत ल्याएर निर्वाचित भए। नेकपा एमालेका ओमकृष्ण मानन्धरले ७५८ मत ल्याए।

खुल्ला सदस्यमा पनि नेपाली कांग्रेसका सुरेश मानन्धरले ८५३ मत ल्याएर निर्वाचित भए एमालेका अन्जु बज्राचार्यले ७४६ मत ल्याइन्। यो वडामा दलित महिला सदस्यमा भने उम्मेदवारी नै परेको थिएन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved