कमल गाउँपालिकाको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी

नवनिर्वाचित अध्यक्ष हुकुमसिंह विसं २०७४ को स्थानीय तह निर्वाचनमा निवर्तमान पालिका अध्यक्ष मेनुका काफ्लेसँग गोलाप्रथाबाट पराजित भएका थिए।

नेपालभ्युज

कमल गाउँपालिकाको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी

दमक। झापाको कमल गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार हुकुमसिंह राईले १२ हजार ८६८ मत ल्याई विजयी भएका छन्। उनको प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार भीम राईले नौ हजार ६५३ मत प्राप्त गरे।

नवनिर्वाचित अध्यक्ष हुकुमसिंह विसं २०७४ को स्थानीय तह निर्वाचनमा निवर्तमान पालिका अध्यक्ष मेनुका काफ्लेसँग गोलाप्रथाबाट पराजित भएका थिए।

कमलस्थित निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपाध्यक्ष पदमा एमालेकी उम्मेदवार प्रमिला न्यौपाने तिवारीले १० हजार ८४५ मत प्राप्त गरी विजयी भएकी छन्। उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पर्शुराम सुवेदीले आठ हजार ३७१ मत प्राप्त गरे।

सात ओटा वडा रहेको कमलमा १ मा कांग्रेसका केदार कटुवाल, २ मा नेकपा (एकीकृत समाजवादी)का अशनेक लिम्बू, ३ मा एमालेका अग्नी कोइराला, ४ मा एमालेकै चन्द्रप्रसाद भट्टराई निर्वाचित भएका छन्।

यस्तै, वडा नम्बर ५ मा माओवादी केन्द्रका लालबहादुर विष्ट, ६ मा एमालेका नगेन्द्र भट्टराई र वडा नं ७ मा एमालेकै पृथ्वीपति राई वडाध्यक्षमा निर्वाचित भएका निर्वाचन अधिकृत प्रकाश गौतमले बताए।

कमलमा ३७ हजार ९५० मतदाता रहेकामा यसपटकको निर्वाचनमा २६ हजार २४२ मत खसेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved