पोखरा महानगर : गठबन्धनका धनराज आचार्य एमालेका कृष्ण थापाभन्दा ३८५३ मतले अगाडि

महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा ३३ ओटा वडा रहेको पोखराका १८ वडामा कांग्रेस विजय भएको छ भने सात ओटा वडामा एमाले विजयी भएको छ।

नेपालभ्युज

पोखरा महानगर : गठबन्धनका धनराज आचार्य एमालेका कृष्ण थापाभन्दा ३८५३ मतले अगाडि

पोखरा। स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन्।

हालसम्म एक लाख १९ हजार ३१९ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले ४७ हजार ९९२ मत प्राप्त गरेका छन्।

त्यसैगरी, नेकपा एमालेबाट प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले ४४ हजार १३९ मत प्राप्त गरेका छन्। गठबन्धनका आचार्यले तीन हजार ८५३ मतान्तरसहित अग्रता बनाएका छन्।

उपप्रमुखमा भने एमालेकी मञ्जुदेवी गुरुङ ५० हजार २६० मतसहित अघि छन्। गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट ४७ हजार ४७० मतसहित उनलाई पछ्याइरहेकी छन्।

महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा ३३ ओटा वडा रहेको पोखराका १८ वडामा कांग्रेस विजय भएको छ भने सात ओटा वडामा एमाले विजयी भएको छ।

महानगरको वडा नं १७, १८, १९, २१, २२, ३१, ३२, ३३ को मतगणना जारी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved