चुनावी परिणामपछि उत्साहित कांग्रेसले पत्रकार सम्मेलन गर्दै

हालै सम्पन्न स्थानीय तह निर्वाचनका विषयमा केन्द्रित रहेर नेपाली कांग्रेसले पत्रकार सम्मेलन गर्दैछ। सत्ताको नेतृत्वकर्ता दल कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकार सम्मेलन आयोजना गरेका हुन्।

नेपालभ्युज

चुनावी परिणामपछि उत्साहित कांग्रेसले पत्रकार सम्मेलन गर्दै

काठमाडौं। हालै सम्पन्न स्थानीय तह निर्वाचनका विषयमा केन्द्रित रहेर नेपाली कांग्रेसले पत्रकार सम्मेलन गर्दैछ। सत्ताको नेतृत्वकर्ता दल कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकार सम्मेलन आयोजना गरेका हुन्।

अघिल्लो स्थानीय तह चुनावमा दोस्रो ठूलो दल भएको कांग्रेस यो पटक पहिलो भएपछि उत्साहित छ।

पत्रकार सम्मेलन दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

स्थानीय तह निर्वाचनका विषयमा केन्द्रित रहने गरी पत्रकार सम्मेलन आयोजना गरिएको हो। त्यसक्रममा समसामयिक विषयमा पनि प्रस्ट पारिने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved