काठमाडौंको मेयरमा बालेन शाहको साढे १७ हजार मतको फराकिलो अग्रता

सोमबार बिहान १ लाख २८ हजार ३२ मत गणना हुँदासम्म बालेनले ४३ हजार ३८२ मत पाएका छन्। उनले निकटतम प्रतिस्पर्धी सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठभन्दा १७ हजार ६०५ मत बढी ल्याएका छन्।

नेपालभ्युज

काठमाडौंको मेयरमा बालेन शाहको साढे १७ हजार मतको फराकिलो अग्रता

काठमाडौं। काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन्।

सोमबार बिहान १ लाख २८ हजार ३२ मत गणना हुँदासम्म बालेनले ४३ हजार ३८२ मत पाएका छन्।

उनले निकटतम प्रतिस्पर्धी सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठभन्दा १७ हजार ६०५ मत बढी ल्याएका छन्।

उम्मेदवार सिर्जनाले २५ हजार ७७७ मत पाएकी छन्। नेकपा एमालेका उम्मेदवार केशव स्थापित तेस्रो नम्बरमा पुगेका छन्। स्थापितले २५ हजार ५०५ मत पाएका छन्।

दोस्रो स्थानका लागि सिर्जना र केशवबीच कडा टक्कर देखिएको छ। मतगणना जारी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved