चौथो उपाधि जित्ने लक्ष्यमा रहेको लिभरपुल लिगको उपाधिबाट वञ्चित

इंग्लिस प्रिमियर लिगको उपाधिबाट लिभरपुल वञ्चित बनेको छ। अन्तिम खेलमा जित निकाले पनि यो सिजन चौथो उपाधि जित्ने लक्ष्यमा रहेको लिभरपुल वञ्चित बनेको हो।

नेपालभ्युज

चौथो उपाधि जित्ने लक्ष्यमा रहेको लिभरपुल लिगको उपाधिबाट वञ्चित

एजेन्सी। इंग्लिस प्रिमियर लिगको उपाधिबाट लिभरपुल वञ्चित बनेको छ। अन्तिम खेलमा जित निकाले पनि यो सिजन चौथो उपाधि जित्ने लक्ष्यमा रहेको लिभरपुल वञ्चित बनेको हो।

प्रिमियर लिगको अन्तिम खेलमा वल्भ्समाथि ३–१ को पुनरागमन जित निकाले पनि अर्को खेलमा शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले दुई गोलले पछि परेको स्थिति उल्ट्याएर ३–२ को पुनरागमन जित निकाल्दा लिभरपुल उपाधिबाट वञ्चित बन्न पुग्यो।

निकै नै रोमाञ्चक बनेको अन्तिम म्याच डेको नतिजापछि लिभरपुल शीर्षस्थानको सिटीसँगै केवल १ अंकले पछि पर्यो। सिटीले ३८ खेलबाट ९३ अंक जोड्दा लिभरपुलले ९२ अंक जोड्यो। वल्भ्सले ५१ अंक जोडेर १०औं स्थानमा लिग अन्त्य गरेको छ।

एनफिल्डमा बुधबार राति भएको खेलको तेस्रो मिनेटमा पेड्रो नेटोको गोलबाट लिभरपुल पछि परेको थियो। उनले राहुल जिमिनेजको पासमा गोल गरेका थिए। २४औं मिनेटमा साडियो मानेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।

८४औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाए। उनले जोएल मटिपको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि ८९औं मिनेटमा एन्ड्रिउ रोबर्टसनले रोबर्टाे फिर्मिनोको पासमा गोल गर्दै लिभरपुललाई सहज जित दिलाएपनि उपाधि जित्न पर्याप्त बनेन।

लिभरपुलले यो सिजन एफए कप र इंग्लिस फुटबल लिग कपको उपाधि जितिसकेको छ। अब लिभरपुलले २८ मेमा युइएफए च्याम्पियन्स लिगको उपाधिका लागि स्पेनिस क्लब रियल म्याड्रिडसँग खेल्नेछ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved