आफूले हारे पनि वेष्ट ह्यामले हार्दा युरोपा लिगमा छानियो युनाइटेड

नेपालभ्युज

आफूले हारे पनि वेष्ट ह्यामले हार्दा युरोपा लिगमा छानियो युनाइटेड

काठमाडौं । आफ्नो अन्तिम खेलमा पनि पराजय बेहोर्दै बेहोरे पनि म्यानचेस्टर युनाइटेडलाई ठूलो राहत मिलेको छ।

जारी प्रिमियर लिगको अन्तिम खेलमा युनाइटेड क्रिस्टल प्यालेससँग १-० ले पराजित भए पनि आगामी युरोपा लिग खेल्न सक्षम भयो। ३७ औं मिनेटमा गोल खाएर पछि परेको युनाइटेडले खेल अवधिभर गोल फर्काउन भने सकेन।

लिग समाप्तिपछि युनाइटेड छैंटौं स्थानमा रह्यो। उसले ३८ खेलमा १६ ओटा खेल मात्र जित्न सफल भयो। १० ओटा बराबरी गरेको उसले १२ हार बेहोर्‍यो। संयोग कस्तो रह्यो भने युनाइटेडले लिगमा विपक्षी टोलीमाथि जति गोल गर्न सक्यो उति नै गोल खायो।

लिगको सातौँ स्थानमा रहेको वेष्ट ह्याम ब्राइटनसँग पराजित हुँदा युनाइटेडको भाग्य चम्किएको हो। वेस्ट ह्याम ब्राइटनसँग ३-१ ले पराजित भयो।

लिगमा ५८ अंक बनाएको युनाइटेडभन्दा एक स्थान माथि रहन सफल भयो। आर्सनलले आज राति सकिएको खेलमा एभर्टनमाथि शानदार जित निकाल्न सक्यो। उसले घरेलु मैदानमा ५-१ को जित निकाल्न सक्यो।

आजबाट लिगका सबै खेलहरू सकिएका छन्। शानदार जित निकाल्दै म्यानचेस्टर सिटीले लिग उचाल्दा लिभरपुर भने दोस्रो भयो। यससँगै आगमी च्याम्पियन्स लिगका लागि शीर्ष चार टोली पनि छानिएका छन्। सिटीसँगै लिभरपुल, चेल्सी र आर्सनल आगामी युरोपेली च्याम्पिन्स लिगका लागि छानिएका हुन्।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved