उत्कृष्ट कमब्याक गर्दै सिटीले जित्यो प्रिमियर लिग उपाधि, गुन्डोगनको दुई गोल

अन्तिम खेलमा लिभरपुलको पनि शानदार जित

नेपालभ्युज

उत्कृष्ट कमब्याक गर्दै सिटीले जित्यो प्रिमियर लिग उपाधि, गुन्डोगनको दुई गोल

काठमाडौं। जारी सिजनको इंग्लिस प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जितेको छ।

२ गोलले पछि परेको अवस्था पल्टाउँदै सिटीले जारी लिगको अन्तिम खेलमा एस्टन भिल्लालाई हराएको हो। सिटीको जितमा गुन्डोगनले दुई तथा रोड्रीले एक गोल गरे।

भिल्लाले ३७ र ६९ मिनेटमा गोल गर्दा सिटी २-० ले पछि परिसकेको थियो। तर सब्सिच्युट खेलाडी जर्मन मिडफिल्डर गुन्डोगनले ७६ मिनेट गोल गर्दै सिटीलाई आश देखाएका थिए। त्यस्तै रोड्रीले ८१ मिनेटमा गोल गर्दै सिटीको लिग उपाधि पक्का पारेका थिए। सिटीलाई आजको खेलमा बराबरी पर्याप्त थियो। तर ८१ मिनेटमा गुन्डोगनले पुनः गोल गर्दै खेल सिटीतिर फर्काए।

त्यस्तै उपाधिको अर्को दाबेदार टोली लिभरपुलले वुल्भ्समाथि जित निकाले पनि उपाधि जित्न पर्याप्त भएन। उसलाई लिग उचाल्न सिटीको हार चाहिएको थियो।

३ मिनेटमा गोल खाएको लिभरपुलले २४ औं मिनेटमा साडियो मानेको गोलबाट बराबरी गर्न सफल भएको थियो। तर लिभरपुलका पनि अतिरिक्त खेलाडी मोहम्मद सलाह र रोबर्टसनले थप २ गोल गर्दै लिभरपुलले वुल्भ्समाथि ३-१ को जित निकाल्न सक्यो।

जारी लिग आजबाट सकिएका छन्। उपाधि विजेता सिटीले ९३ अंक बनाउँदा दोस्रोमा रहेको लिभरपुल ९२ अंकमा रोकियो।

सिटी अघिल्लो सिजनको पनि विजेता हो। योसँगै सिटीले ६ पटक लिग उपाधि उचाल्न सफल भयो। ६ पटक लिग उचालेको सिटीले पहिलो पटक सन् २०११-१२ मा पहिलो पटक लिग जितेको थियो। त्यसयता सिटीले ०१३-१४, ०१७-१८ र २०१८-१९ मा पनि लिग उचालेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved