अमेरिका टुरमा धेरै खेल जित्ने लक्ष्य छः कप्तान लामिछाने

नेपालभ्युज

अमेरिका टुरमा धेरै खेल जित्ने लक्ष्य छः कप्तान लामिछाने

काठमाडौं। नेपाली राष्ट्रिय टिमका कप्तान सन्दिप लामिछानेले आसन्न अमेरिका टुरमा सकेसम्म धेरै खेल जित्ने लक्ष्य रहेको बताएका छन्। यसै महीनाको २५ गतेदेखि अमेरिकामा आइसीसी क्रिकेट विश्वकप लिग २ अन्र्तगतको एकदिवसीय क्रिकेट सिरिज आयोजना हुँदैछ।

त्रिकोणात्मक सिरिजमा नेपालसँगै आयोजक अमेरिका र ओमानले प्रतिस्पर्धा गर्दैछन्। यी तीनै टिमले अमेरिका सिरिजमा एकअर्कासँग दुई दुई खेल खेल्नेछन्।

“अमेरिका टुरका लागि हामी निकै नै उत्साहित छौँ, यस सिरिजमा सकेसम्म धेरै खेल जित्ने हाम्रो लक्ष्य छ,” लामिछानेले पत्रकार सम्मेलनमा भने।

नेपाल र अमेरिकाबीच कुटनितिक सम्बन्धको ७५ वर्ष पूरा भएको अवसरमा आइतबार नेपाल क्रिकेट संघ (क्यान) ले अमेरिका सिरिजको बारेको पत्रकार सम्मेलनमा आयोजना गरेको थियो।

यो सिरिजभन्दा केही अघि नै नेपाली टिम अमेरिका जाने र केही अभ्यास खेल खेल्ने नेपाली टिमका प्रमख प्रशिक्षक पुबुदु दासनायकेले बताएका छन्।

यो विश्वकप लिग २ सन् २०२३ को एकदिवसिय विश्व कपको छनोट प्रतियोगिता खेल्ने बाटो हो। ६ टिम सहभागी यस लिग २ बाट शीर्ष तीन टिमले सिधै विश्वकप छनोट प्रतियोगितामा प्रवेश पाउनेछन्।

३२ खेलबाट ४० अंक सहित ओमान लिगको शिर्षस्थानमा छ। मात्र १२ खेल खेलेको नेपाल १२ अंक नै जोडेर लिगको छैटौ स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved