जो एक्लै हिँडे…

नेपालभ्युज

जो एक्लै हिँडे…

धरान। धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता किशोर राईलाई चार हजार ७६२ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भए। उनले २० हजार ८२१ लोकप्रिय मत प्राप्त गरेका छन्। उनी निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार राईले १६ हजार ६९ मत प्राप्त गरे।

निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको अन्तिम मत परिणामअनुसार एमालेबाट उम्मेदवार रहेकी मञ्जु भण्डारीले १२ हजार ८२५ मत मात्र प्राप्त गरे। सामाजिक अभियान्ता साम्पाङले धरानमा भएको खानेपानी समस्या, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको बेथितिबारे एक्लै आवाज उठाउँदै आएका थियो।

उनले एक्लै घरदैलो गरेका थिए। एक्लै भए पनि मुद्दा जायज भएको देखेर धराने जनताले उनीलाई लोकप्रिय मत दिएर जिताइदिए। उनले विसं २०७४ को उपनिर्वाचनमा पनि प्रमुखमा उम्मेदवारी दिँदा ४२२ मत ल्याएका थिए। विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनापछि धरानमा वामपन्थीले एक छत्र शासन गर्दै आएका थिए। पहिलो पटक स्वतन्त्र उम्मेदवार नगर प्रमुखमा निर्वाचित भए।

धरानको राजनीतिक इतिहासलाई फर्केर हेर्दा २०१७ सालमा नगरपालिका घोषणा भएसँगै वामपन्थी उम्मेदवार नै लगातार प्रमुख भएका छन्। विसं २०४६ को जनआन्दोलनपछि संवैधानिक राजतन्त्रको पालामा २०४८ र २०५४ सालमा भएको निर्वाचानमा वामपन्थी उम्मेदवार नै प्रमुखमा भएका थिए। विसं २०४८ मा ध्यानबहादुर राई, २०५४ मा मनोज मेन्याङ्बोले जितेका थिए। उनी दुवै जना एमालेबाट चुनाव जितेका थिए। वामपन्थी जितलाई निरन्तरता दिए। विसं २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेका तारा सुब्बाले एमालेबाट जितेका थिए। धरानको कूल मतदाता एक लाख ३२४ रहेकामा ६२ हजारले मतदान गरेका थिए।

उपप्रमुखमा लोकतान्त्रिक वाम गठबन्धनबाट अइन्द्रविक्रम बेघा निर्वाचित भएका छन्। बीस हजार ५१० मत प्राप्त गरेर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पदम इस्वोलाई दुई हजार ९०४ मतान्तरले पराजित गरेका छन्। इस्वोले १७ हजार ६०६ मत प्राप्त गरेका छन्। अघिल्लो २०७४ सालको निर्वाचनमा प्रमुख र उपप्रमुखमा १४ वडा जितेको एमाले यसपटक निकै खुम्चेको छ। २, ४, ५, ७, ८, १०, १२, १३, १५, १९ नं वडा विजयी भएको छ। प्रमुख र उपप्रमुखमा मत नआए पनि वडाध्यक्षमा उत्कृष्ट मतले एमाले विजयी भएको छ।

कांग्रेसले १, ३, ९, ११, १६, १८, २० नं विजयी भएको छ। १७ नं वडामा माओवादी केन्द्रका नगर अध्यक्षसमेत रहनुभएका मनोज भट्टराई विजयी भएका छन्। गत निर्वाचनमा पनि भट्टराई विजयी भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved