शुद्धोधनको अध्यक्षमा लोसपा, उपाध्यक्षमा माओवादी केन्द्र

नेपालभ्युज

शुद्धोधनको अध्यक्षमा लोसपा, उपाध्यक्षमा माओवादी केन्द्र

कपिलवस्तु। कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ।

गाउँपालिकाका अध्यक्षमा लोसपाका कमलेश शरण चौधरी र उपाध्यक्षमा होमप्रकाश चौधरी निर्वाचित भएका छन्। चौधरीले चार हजार ४८१ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका निसार अहमद खाँले चार हजार १८२ मत प्राप्त गरे। उपाध्यक्षमा निर्वाचित चौधरीले पाँच हजार १०३ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका चाँदनी चौधरीले तीन हजार २२३ मत प्राप्त गरे।

शुद्धोधन गाउँपालिकाका ६ वडामध्ये नेपाली कांग्रेस तीन, लोकतान्त्रिक समाजवादी पार्टी दुई र माओवादी केन्द्र एउटा वडामा जितेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved