भ्यूटावरमा पैसा फल्छ : ओली

नेपालभ्युज

भ्यूटावरमा पैसा फल्छ : ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा भ्यूटावर नबनाउने भनेकोमा असन्तुष्टि पोखेका छन्।

उनले आइफेल टावरको उदाहरण दिँदै फ्रान्समा उक्त टावरले अर्बौँको आम्दानी दिएको उदाहरण दिँदै भ्यूटावरको महत्व रहेको बताए। स्थानीय निर्वाचनपछि पहिलोपटक मीना श्रेष्ठको कविता संग्रह विमोचनका लागि सार्वजनिक कार्यक्रममा सहभागी भएका ओलीले धरहरा जस्ता भ्यूटावरहरू ऐतिहासिक धरोहर भएको भनाइ राखे।

आइफेल टावर फ्रान्सको प्रतीक भई अर्बौँको आम्दानी दिएको भन्दै नेपालमा धरहरा जस्ता भ्यूटावरको ऐतिहासिक महत्व रहेको बताए।

‘‘एउटा पार्टीले आफ्नो घोषणापत्रमै भन्यो भ्यूटावर बनाउँदैनौँ भ्यूटावर बनाउने काम छैन। आइफेल भन्ने इन्जिनियर जसले आइफेल टावर बनाए बुद्धि नभएका थिए ?,” उनले भने,  ‘‘भ्यूटावरको टुप्पामा धान पनि फल्दैन, अलि तल कोदो पनि फल्दैन, अलि तल आँप पनि फल्दैन, लिची पनि फल्दैन पैसा मात्र फल्छ भ्यूटावरमा,” उनले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved