आयल निगमको प्रतिस्पर्धी ल्याउने छलफल भइरहेको छ: उद्योगमन्त्री बडू

नेपालभ्युज

आयल निगमको प्रतिस्पर्धी ल्याउने छलफल भइरहेको छ: उद्योगमन्त्री बडू
फाइल तस्वीर

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले निजी क्षेत्रबाट नेपाल आयल निगमको प्रतिस्पर्धी ल्याउन छलफल भइरहेको बताएका छन्।

निजी क्षेत्रलाई पेट्रोलियम पदार्थको आपूर्ति गर्न अनुमति दिनुपर्ने उनको भनाइ थियो। यसका लागि छलफल पनि भइरहेको जानकारी उनले दिए।

आइतबार नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको ‘विद्यमान विश्वव्यापी खाद्य तथा इन्धन समस्याको प्रभाव एवं समाधानका उपाय’ विषय अन्तर्क्रियामा मन्त्री बडूले पेट्रोलियम पदार्थको आपूर्ति गर्न निजी क्षेत्रलाई दिएमा निगमसँग प्रतिस्पर्धा भई उपभोक्ताले कम मूल्यमा पाउने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved