हामी जन्मजात कवि हौं, घाँस काट्दाकाट्दै कविता लेख्न सक्छौं : ओली

उनले भने, ‘‘कला, संगीत सबै यस धर्तीबाट भएको हो। हाम्रा महान् कविहरूको सिको मैले गर्न सकेको छैन, तर कविताको उद्गम स्थल यो भूमि हो।”

नेपालभ्युज

हामी जन्मजात कवि हौं, घाँस काट्दाकाट्दै कविता लेख्न सक्छौं : ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरू जन्मजात कवि भएको बताएका छन्। आज मीना श्रेष्ठको कविता संग्रह ‘फर्गेट एस्टर्डे’को विमोचन कार्यक्रममा उनले नेपालीहरूले लिपिको निर्माण हुनुअघिदेखि कविता लेख्न थालेको बताए।

नेपालीले १० मिनेटमा कविता लेख्न सक्ने, घाँस काट्न जाँदा कविता लेख्न सक्ने, दोहोरीमा एक निमेषमा कविता लेख्न सक्ने बताउँदै उनले नेपालबाट अनेक कुराको विकास भएको उनको भनाइ थियो।

यस्तो छ उनले गरेको टिप्पणी

नेपालीहरूको जात नै कवि हो। लिपिको निर्माण हुनुअघिबाटै नेपालीहरूले कविता लेख्ने गरेका थिए। विश्वका कुनै पनि कविलाई नेपालीहरू आँशु कवि भएकोमा गर्व गर्छन्। नेपालीहरू १० मिनेटमा नै कविता लेख्न सक्छन्, घाँस काट्दाकाट्दै कविता लेख्न सक्छन्। दोहरीमा एक निमेषमा नै जवाफ दिनसक्ने अरु कोही छैनन्। दोहरीमा विम्वको, अलंकारको प्रयोग गम्भीर हिसाबमा गरिन्छ, यो कवित्वकै कारण हो।

ढुंङ्गाबाट कृषि युगमा प्रवेश गर्दैगर्दा पहिलोपटक हतियार यही स्थानबाट भएको छ। नेपालबाट अनेक कुराको विकास भएको छ। कला, संगीत सबै यस धर्तीबाट भएको हो। हाम्रा महान् कविहरूको सिको मैले गर्न सकेको छैन, तर कविताको यो भूमि उद्गम स्थल हो।

नाट्य विधा यहीबाट शुरु भएको हो। कालीदास कुनै पनि देशका नाट्यकार भन्दा अघिका हुन्। शास्त्रार्थ यही भूमिबाट शुरु भएको हो। विश्वका धेरै देशको इतिहास पाँच सय वर्ष हो हाम्रो हिमवत खण्डको उद्गम दश हजार वर्षअघि भएको हो। गाईको बाच्छोले जन्मिनेबित्तिकै आमको दूध चुस्छ, कसैले बतएर होइन यो जेनेटिक मेमोरिका कारण हो। यस्तै जेनेटिक मेमोरि हाम्रा मानिसमा पनि छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved