निवर्तमान मेयरलाई पराजित गर्दै क्षिरेश्वरनाथमा एमालेका यादव विजयी

नेपालभ्युज

निवर्तमान मेयरलाई पराजित गर्दै क्षिरेश्वरनाथमा एमालेका यादव विजयी

जनकपुरधाम। धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा मेयरमा नेकपा एमाले र उपमेयरमा नेपाली कांग्रेसले जित हासिल गरेको छ।

मेयरमा एमाले सुखदेव यादवले कांग्रेसका उम्मेदवार निर्वतमान मेयर योगेन्द्र पजियारलाई ६१३ मतान्तरले पराजित गर्दै विजयी हासिल गरेका हुन्। यादवले कुल सात हजार ९१३ मत प्राप्त गर्दा उनको निकटतम प्रतिस्पर्धी पजियारले सात हजार ३ सय मत मात्र प्राप्त गरे।

त्यसैगरी उपमेयरमा कांग्रेसकी उम्मेदवार रचना श्रेष्ठ माथेमा दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएकी छिन्। उनले सात हजार ५५० मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेदवार सालिनी चौधरीले सात हजार ५११ मत प्राप्त गरिन्।

क्षिरेश्वरनाथको उपमेयर र १० ओटा वडामध्ये ८ ओटा वडाध्यक्षमा कांग्रेसको प्यानलै विजयी हुँदा मेयरसहित दुई ओटा वडामा एमालेको प्यानलै विजयी भएको छ। वडा नं। १,२,३,४,५,७,८,१० र मा नेपाली कांग्रेसका वडा अध्यक्षहरु क्रमशः मकेश्वर यादव, देवु यादव, अमरकिशोर सिंह, जगदीश यादव, मुबारक कवाडी (नथुनी), मोदकुमार महतो (मोदी) र रामपदारथ यादव प्यानलसहित विजयी भएका छन् भने वडा नं. ६ र ९ मा क्रमशः विनोद प्रसाद गुप्ता र अवध किशोर यादव नेकपा एमालेबाट प्यानलसहित विजयी भएका छन्।

यहाँ अघिल्लो चुनावमा पनि एमालेका अहिलेका मेयरका उम्मेदवार सुखदेव यादव र कांग्रेसका उम्मेदवार तथा निवर्तमान मेयर पजियारबीच टक्कर थियो। त्यतिबेला जसपाबाट उम्मेदवार बनेका यादवले यो पटक एमालेबाट उम्मेदवारी दिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved