७०१ पालिकाको मतगणना सकियो, कांग्रेस अगाडि आउँदा एमाले दोस्रो

मतपरिणाममा नेपाली कांग्रेस अग्रणी रहेको छ भने त्यसपछिको क्रममा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायत रहेका छन्।

नेपालभ्युज

७०१ पालिकाको मतगणना सकियो, कांग्रेस अगाडि आउँदा एमाले दोस्रो

काठमाडौं। ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको हालसम्म ७०१ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ।

निर्वाचन आयोगका अनुसार नगरपालिकातर्फ २५२ र गाउँपालिकातर्फ ४५० को मतगणना सम्पन्न भइ परिणाम सार्वजनिक भएको छ।

मुलुकभर कूल ७५३ पालिका रहेकामा गणना सकिएका पालिकाको प्रतिशत ९३ दशमलव ९४ प्रतिशत देखिएको छ। मतपरिणाममा नेपाली कांग्रेस अग्रणी रहेको छ भने त्यसपछिको क्रममा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायत रहेका छन्।

काठमाडौँ, ललितपुर, भरतपुर, पोखरा, वीरगञ्ज महानगरसहित केही पालिकाको मतगणना जारी छ।

बाजुराको बुढी गङ्गा नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिका–१२ मा भएको मतदानमा विवाद उत्पन्न भएकाले मतगणना गर्ने या पुनःमतदान गर्ने भन्नेमा निर्वाचन आयोगले निर्णय गर्न बाँकी रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved