जर्मन कपको उपाधि लाइपजिगले जित्यो

लाइपजिगले फ्रेइबर्गलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै जर्मन कपको उपाधि जितेको छ। लाइपजिगको क्लब इतिहासमा जितेको यो पहिलो उपाधि हो।

नेपालभ्युज

जर्मन कपको उपाधि लाइपजिगले जित्यो

काठमाडौं। लाइपजिगले फ्रेइबर्गलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै जर्मन कपको उपाधि जितेको छ। लाइपजिगको क्लब इतिहासमा जितेको यो पहिलो उपाधि हो। नौ खेलाडीमा सीमित लाइपजिगले शनिबार रातिको खेलमा निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो।

म्याक्सिमिलियन इगेस्टिनले १९औँ मिनेटमा गरेको गोलबाट फ्रेइबर्गले अग्रता लिएको थियो ५७औँ मिनेटमा मार्सेल हाल्सटेनबर्गले रातो कार्डको सामना गरेपछि लाइपजिग १० खेलाडीमा सीमित बनेको थियो। तर, त्यसको फाइदा फ्रेइबर्गले लिन सकेन।

७६औँ मिनेटमा क्रिस्टोफर एनकुकुले बराबरी गोल फर्काए। निर्धारित ९० मिनेटको समय १–१ को बराबरीमा सकिएपछि ३० मिनेट समय थप गरिएको थियो। थप समयमा पनि गोल हुन नसकेपछि पेनाल्टी सुटआउटबाट खेलको निर्णय लिइएको हो। थप समय सकिन दुई मिनेट बाँकी हुँदा केभिन काम्पलले दोस्रो पहेँलो कार्डको सामना गरेपछि लाइपजिग नौ खेलाडीमा सीमित बनेको थियो।

पेनाल्टी सुटआउटमा फ्रेइबर्गका क्रिस्टियन गुन्टर र इर्मेडिन डेमिरोभिक गोल गर्न चुके। लाइपजिगका पाँचै खेलाडीले गोल गरेका थिए। योसँगै लाइपजिगले पहिलो उपाधि उचाल्यो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved