धनगढीमा गठबन्धन पराजित, स्वतन्त्र उम्मेदवार हमाल विजयी, उपमेयरमा एमाले

प्रमुखमा स्वतन्त्र उम्मेदवार बनेका गोपाल हमालले गठबन्धनका तर्फबाट उम्मेदवार भएका नृपबहादुर वडलाई पराजित गरेका हुन्।

नेपालभ्युज

धनगढीमा गठबन्धन पराजित, स्वतन्त्र उम्मेदवार हमाल विजयी, उपमेयरमा एमाले

कैलाली। धनगढी उपमहानगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा सत्ता गठबन्धनका उम्मेदवारहरू पराजित भएका छन्।

प्रमुखमा स्वतन्त्र उम्मेदवार बनेका गोपाल हमालले गठबन्धनका तर्फबाट उम्मेदवार भएका नृपबहादुर वडलाई पराजित गरेका हुन्।

हमालले वडभन्दा १२ हजारभन्दा बढी मतले गठबन्धनका उम्मेदवारलाई पराजित गरे।

उपप्रमुखमा भने एमाले उम्मेदवार कन्दकला रानाले गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादीकी शान्ति अधिकारीलाई पराजित गरेकी हुन्।

आधिकारिक घोषणा केही समयपछि गरिने निर्वाचन आयोग कार्यालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved