मुम्बईको अन्त्य सुखद्, दिल्ली पराजित हुँदा बेंग्लोरको भाग्य चम्कियो

नेपालभ्युज

मुम्बईको अन्त्य सुखद्, दिल्ली पराजित हुँदा बेंग्लोरको भाग्य चम्कियो

काठमाडौं । जारी आईपीएलको आफ्नो अन्तिम खेलमा दिल्ली क्यापिटल्सलाई हराउँदै प्रतियोगितबाट बाहिरिसकेको मुम्बई इन्डियन्सले सुखद् अन्त्य गरेको छ।

मुम्बईले दिल्लीलाई ५ विकेतले पराजित गर्‍यो। मुम्बईलाई जिताउन इशन किसनले ४८ रन बनाए भने डेविट ब्रेविसले ३७ रन बनाए। त्यस्तै टिम डेविडले ३४ रनको योगदान दिए। मुम्बईका जसप्रित बुमराहले ३ विकेट लिए।

वाङ्खडे स्टेडियममा पहिले ब्याटिङ गरेको दिल्लीले ७ विकेटको क्षतिमा १ सय ५८ रन बनाएको थियो। हारसँगै दिल्ली प्लेअफमा पुग्न पाएन। मुम्बईले जित्दा चौथो स्थानको रोयल च्यालेन्जर्स बेंग्लोर भाग्यमानी ठहरियो। उसले प्लेअफ खेल्न पाएको छ।

अब मे २५ मा हुने पहिलो एलिमिनेटरमा बेंग्लोरले लखनउसँग खेल्नेछ।

आईपीएल २०२२ को पहिलो क्वालिफायरमा राजस्थानले गुजरातको सामना गर्नेछ। हार्दिक पाण्ड्याको नेतृत्वमा रहेको गुजरातको टोली अंक तालिकाको पहिलो स्थानमा छ। पहिलो क्वालिफायर खेल २४ मेमा हुनेछ। चेन्नईविरुद्धको जितसँगै राजस्थानको १८ अंक छ। योसँगै गुजरातको २० अंक छ। सन् २००८ पछि राजस्थानको टोली शीर्ष २ मा पुगेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved