मकवानपुरमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

नेपालभ्युज

मकवानपुरमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी सिमखोलामा जिप दुर्घटना हुँदा आज चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना४च२३१५ नंको जिप आज साँझ सिमखोला पुलको बारमा ठोकिएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको बताइएको छ।

आठ जना सवार जिप दुर्घटना हुँदा तीन जनाको हेटौँडा अस्पतालमा उपचारका लागि ल्याउने क्रममा र एक जनाको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक चारै जना पुरुष रहेका छन्।

घाइते भएका चारमध्ये चालकसहित तीन जनाको हेटौँडा अस्पतालमा र एक जनाको उपचारका लागि काठमाडौँ पठाइएको छ।

घटनामा मृत्यु भएकाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved