जलेश्वर नगरपालिकामा जसपाका मेयर र उपमेयर निर्वाचित, निवर्तमानले हारे

नेपालभ्युज

जलेश्वर नगरपालिकामा जसपाका मेयर र उपमेयर निर्वाचित, निवर्तमानले हारे

जनकपुरधाम। महोत्तरीको जलेश्वर नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपालका मेयर र उपमेयर निर्वाचित भएका छन्।

मेयरमा जसपाका सुरेश साह सोनार ७ हजार ३०६ मत ल्याएर निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी लोसपा नेपालका रामशंकर मिश्रले ५ हजार ४३० मत पाएका छन्। मिश्र जलेश्वर नगरपालिकाका निवर्तमान मेयरसमेत हुन्। त्यस्तै, नेकपा एमालेका रामआधार कापरले ४ हजार ७८२ र नेपाली कांग्रेसका शम्भु नारायण पाठकले २ हजार ५१० मत मात्र पाएका छन्।

यस्तै उपमेयरमा जसपाकै रौशन खातुन निर्वाचित भएकी छन्। उनले ५ हजार ८२३ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी मुन्चुन देवीले ४ हजार ९०१ मत ल्याएकी हुन्।

लोसपाकी फरहत खातुनले ४ हजार ८६२ र नेपाली कांग्रेसकी अनिता देवी शर्माले ३ हजार ४९२ मत मात्र पाउन सकेकी छन्। जलेश्वर नगरपालिकाको १२ मध्ये ६ वडामा नेकपा एमाले, ५ वडामा जसपा र १ वडामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार जितेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved