युगाण्डाविरुद्ध नेपालको सहज जित

नेपालभ्युज

युगाण्डाविरुद्ध नेपालको सहज जित

काठमाडौं। युगान्डाको महिला टोलीसँगको पाँच खेलको ट्वान्टी-२० शृंखला अन्तर्गगत शनिबार सम्पन्न अन्तिम खेलमा सुधारिएको प्रदर्शन गर्दा नेपालले सहज जित निकालेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न पाँचौ तथा अन्तिम ट्वान्टी-२० खेलमा नेपालले दुबै पक्ष ब्याटिङ र बलिङमा सुधारिएको प्रदर्शन गर्दा नेपालले ३३ रनको जित निकालेको हो। यद्यपि पाँच म्याचको टी-ट्वान्टी सिरिजमा युगान्डा ३-२ ले विजयी बनेको छ। यससँगै घरेलु टोली नेपालले जितसहित शृंखलाको अन्त्य गरेको छ।

१ सय २४ रनको लक्ष्य पछ्याएको युगान्डाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो। नेपालको कसिलो बलिङ समक्ष युगान्डाको ब्याटिङ अघिल्ला खेलको तुलनामा चल्न सकेन। जवाफी ब्याटिङ गर्ने क्रममा युगान्डाका लागि रीता मुसामालीले सर्वाधिक २६ रन बनाउँदा ओपनर केभिन अविनोले १५, फियानो कुलुमे ८, जेनेट बाबाजिले १०, लियोना बाबिरियले २ र सुसान काकाईले ७ रन बनाए। सकिरा सादिक ७ र कान्सी अवेको १३ रनमा नटआउट रहे। कसिलो बलिङ गरेको नेपालका लागि नेपालकी इन्दु वर्मा र सिता राना मगरले समान दुई/दुई विकेट निकाल्दा आस्मिना कर्मचार्य र हिरामाइ रोयले समान एक/एक विकेट आफ्नो नाममा लेखाए।

जितपछि नेपाली टोलीकी कप्तान रुबिना क्षेत्रीले नेपाली टोलीलाई अभ्यस्त बनाउन यस्तै प्रतियोगिताको आवश्यक भएको प्रतिक्रिया दिइन्। धेरैपछि घरेलु मैदानमा आयोजना भएको शृंखलामा आफ्नो कमीकमजोरी औल्याउँदै १०/१५ रनका लागि मिहिनेत गर्दा सफल भएको उनले बताइन्।

यसअघि, युगान्डाले टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले पुरै २० ओभरको समाप्तिमा ६ विकेट गुमाएर १ सय २३ रनको स्कोर बनाएको थियो। अघिल्ला खेलमा भन्दा राम्रो स्कोर निस्किएको खेलमा नेपालका लागि ज्योति पाण्डे अर्धसतक बनाउन १ रनले चुकिन्। ६१ बलको सामना गरेकी ज्योतिले ३ चौकासहित व्यक्तिगत ४९ रनको पारी खेलेकी हुन्। यस्तै सीता रानामगरले १७ रन बनाएको इनिङ्समा इन्दु बर्माले ८ रन बनाइन्। कविता जोशीले नटआउट १८ रन बनाउँदा अपसरी बेगम ११ रनमा पवेलियन फकिइन्। रुबिना क्षेत्री र डोली भट्ट दुवै शुन्य रनमा पोबियन फर्किए।

युगान्डाका कान्सी अवेकोस र फियोना कुलुमेले समान एक एक विकेट लिए। पाहुना टोली युगान्डाले लगातार तीन खेलमा जित निकाल्दै दुई खेल अगावै सिरिज जितिसकेको थियो। नेपालले युगान्डाविरुद्धको पहिलो खेलमा १२ रनले गुमाएको थियो भने दोस्रो खेलमा एक विकेटको पराजय भोगेको थियो। तेस्रो खेलमा नेपालले ६ विकेटको हार बेहोरेको थियो भने चौथो खेलमा युगान्डालाई १५ रनले हराएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved