बुटवलमा एमालेलाई हराउँदै कांग्रेसका पाण्डेय विजयी

२०५४ सालदेखि एमाले नेतृत्वमा रहेको बुटवल उपमहानगरपालिका एमाले उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्र हो।

नेपालभ्युज

बुटवलमा एमालेलाई हराउँदै कांग्रेसका पाण्डेय विजयी

बुटवल। बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका खेलराज पाण्‍डेय निर्वाचित भएका छन्। प्रतिद्वन्द्वी नेकपा एमालेका बाबुराम भट्टराईलाई ७ हजार ५३३ मत पछि पार्दै पाण्डेय विजयी भए। बुटवलमा नेपाली कांग्रेसले ३० वर्षपछि नेकपा एमालेबाट नेतृत्व खोसेको हो।

पाण्डेय ३० हजार १३० मतसहित निर्वाचित भएकोमा उनका प्रतिद्वन्द्वी भट्टराईले २ हजार ५९७ मत ल्याए।

यस्तै उपप्रमुखमा नेकपा (एमाले)की उम्मेदवार सावित्रादेवी अर्यालले २४ हजार ९०४ मतसहित विजयी भइन्। उनका प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का चीनबहादुर गुरुङले १६ हजार ९८० मत प्राप्त गरेका छन्।

२०५४ सालदेखि एमाले नेतृत्वमा रहेको बुटवल उपमहानगरपालिका एमाले उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्र हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved