अचेल काठमाडौं आफै बसन्त बोलाउँछ (फोटो फिचर)

विस्तारै आफ्नो मुहार फेर्दैछ काठमाडौं। स्वागतमा सडक किनारमा हरिया रूख उभिएका छन्। तिनमा फुलेका पँहेला, हरिया, राता, बैजनी फूलहरूले काठमाडौं झन् सुन्दर बन्दै गएको छ। पहिले मोफसलका तस्वीरमा हेरेर बसन्तको हरियाली महशुस गर्ने काठमाडौं अब आफै बसन्त बोलाउन थालेको छ।

नेपालभ्युज

अचेल काठमाडौं आफै बसन्त बोलाउँछ (फोटो फिचर)

देशको संघीय राजधानी काठमाडौं सधैँ हतारमा देखिन्छ। देशैभरका मानिसहरू पढाइ, लेखाइ, रोजगारीको खोजीमा भौतारिँदै यहीँ आइपुग्छन्। यहाँ हतारोसँगै बेथिति पनि दौडिरहेको हुन्छ। शहरको बेथिति र हतारोको दौडमा मानिसको दैनिक जीवन मात्रै होइन पर्यावरण पनि चपेटामा पर्ने नै भयो। त्यही चपेटामा परेको काठमाडौंलाई सम्झिँदा धेरैको मनसपटलमा सबैभन्दा पहिले आउने दृश्य हो-धूलो, धुवाँ र उराठलाग्दो वातावरण।

तर विस्तारै अब भने काठमाडौंले स्वरूप बदल्दै छ। चिल्ला सडक बिछाएको छ काठमाडौंले। धूलो धूवाँ पनि केही वर्षअघिको जस्तो छैन। विस्तारै आफ्नो मुहार फेर्दैछ काठमाडौं। चिल्ला फराकिला सडक किनारमा गाउँ सम्झाउने हरिया रूखहरू स्वागतमा उभिएको देखिन्छ। तिनमा फुलेर बसेका पँहेला, हरिया, राता, बैजनी फूलहरूले काठमाडौं झन् सुन्दर बन्दै गएको छ। पहिले मोफसलका तस्वीरमा हेरेर बसन्तको हरियाली महशुस गर्ने काठमाडौं अब आफै बसन्त बोलाउन थालेको छ।

आजको शनिबार प्रस्तुत छ उपत्यकाका विभिन्न स्थानबाट न्यूज एजेन्सी नेपालका फोटो पत्रकारहरूले संकलन गरेका केही तस्वीरहरू।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved