जुम्लामा एमाले शून्य

नेपालभ्युज

जुम्लामा एमाले शून्य
फाइल फोटो

जुम्ला। आठ स्थानीय तह रहेको जुम्लाका पाँच तहमा नेपाली कांग्रेसले जित हासिल गरेको छ। दुई तहमा नेकपा (माओवादी केन्द्र) ले विजय हासिल गरेको छ भने यहाँको एकमात्र चन्दननाथ नगरपालिका स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्।

उक्त नगरमा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायतले दुई हजार ४०३ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी कांग्रेसका पदमबहादुर शाही दुई हजार ३४१ मत प्राप्त गरे। कांग्रेसले हिमा, कनकासुन्दरी गाउँपालिकामा उपाध्यक्ष र चन्दननाथ नगरमा उपप्रमुख जितेको हो।

त्यस्तै माओवादीले तिला, सिंजा गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षसहित जित हासिल गरेको छ। तातोपानी, पातारासी गाउँपालिकाको उपाध्यक्ष पनि माओवादीले जितेको हो। नेकपा एकीकृत (समाजवादी) पार्टीले जिल्लाको गुठीचौर गाउँपालिकाको उपाध्यक्ष मात्र जितेको छ।

विसं २०७४ को निर्वाचनमा माओवादीले तीन अध्यक्ष र पाँच उपाध्यक्ष जितेको थियो। एमालेले तिला गाउँपालिको अध्यक्ष र सिंजा गाउँपालिकाको उपाध्यक्ष जितेको थियो। जिल्लामा अहिले एमालेले आफ्नो विरासत गुमाएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved