धनुषाको सबैला नगरपालिकाको मेयर र उपमेयरमा माओवादी केन्द्र विजयी

मेयरमा निर्वाचित यादवले ४ हजार २१२ मत पाएका छन्। उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका जगत सुन्दर साहले ४ हजार ७६ मत प्राप्त गरेका छन्।

नेपालभ्युज

धनुषाको सबैला नगरपालिकाको मेयर र उपमेयरमा माओवादी केन्द्र विजयी

जनकपुरधाम। धनुषाको सबैला नगरपालिकाको मेयर र उपमेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।

मतगणनाको अन्तिम नतिजाअनुसार माओवादीका उम्मेदवार मेयरमा कारिराम यादव र उपमेयरमा रहिमा खातुन निर्वाचित भएका छन्।

मेयरमा निर्वाचित यादवले ४ हजार २१२ मत पाएका छन्। उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका जगत सुन्दर साहले ४ हजार ७६ मत प्राप्त गरेका छन्।

यस्तै, उपमेयरमा माओवादीकी उम्मेदवार खातुनले ४ हजार ६९९ मतसहित विजयी भएकी छन्। उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार किरणकुमारी कापरले ३ हजार ६०४ मत ल्याएकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved