गणेशमान चारनाथ नगरको मेयर र उपमेयर दुवैमा कांग्रेसका विजयी

मतगणनाको अन्तिम नतिजाअनुसार कांग्रेसका उम्मेदवार मेयरमा जितनारायण यादव र उपमेयरमा तुलसाकुमारी पाण्डे निर्वाचित भएका छन्।

नेपालभ्युज

गणेशमान चारनाथ नगरको मेयर र उपमेयर दुवैमा कांग्रेसका विजयी

जनकपुरधाम। धनुषाको गणेशमान चारनाथ नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

मतगणनाको अन्तिम नतिजाअनुसार कांग्रेसका उम्मेदवार मेयरमा जितनारायण यादव र उपमेयरमा तुलसाकुमारी पाण्डे निर्वाचित भएका छन्।

गणेशमान चारनाथ नगरपालिकाको मेयरमा निर्वाचित यादवले तीन हजार १०८ मत पाएका छन्। उनको निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी नेपालका रामचलितर यादवले दुई हजार ७६० मत प्राप्त गरेका छन्।

यस्तै, उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार पाण्डेले तीन हजार २८३ मतसहित विजयी भएकी छन्। उनको निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपालकी उम्मेदवार गणिताकुमारी महतोले दुई हजार ४२९ मत ल्याएकी छिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved