महोत्तरीको गौशाला नगरपालिकामा मेयर र उपमेयर दुवैमा जसपा विजयी

मेयरमा निर्वाचित महतो स्त्री तथा प्रसूति रोगको विशेषज्ञ चिकित्सक हुन्।

नेपालभ्युज

महोत्तरीको गौशाला नगरपालिकामा मेयर र उपमेयर दुवैमा जसपा विजयी

जनकपुरधाम। महोत्तरीको गौशाला नगरपालिकाको मेयर र उपमेयरमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार विजयी भएका छन्।

मेयरमा जसपाका दिपेन्द्र महतो ८ हजार ७९९ मतका साथ विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी माओवादीका विष्णु योन्जनले ५ हजार ६२७ मत पाए भने कांग्रेसका वसन्त गुरुङले ५ हजार १३२ मत ल्याए।

मेयरमा निर्वाचित महतो स्त्री तथा प्रसूति रोगको विशेषज्ञ चिकित्सक हुन्।

यस्तै, उपमेयरमा पनि जसपाकी रेनु कुमारी ८ हजार ४५५ मतका साथ विजयी भएकी छन्। उनका निकटतम् प्रतिस्पर्धी माओवादीका जनक दुलारी साहले ५ हजार ४९० मत पाइन भने कांग्रेसकी सुशीला देवीले ५ हजार ४७ मत ल्याइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved