रघुवीर महासेठको गृहनगर मिथिला बिहारीको प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी विजयी

मिथिला बिहारी एमाले सचिव तथा मधेश प्रदेश इन्चार्ज रघुवीर महासेठको गृहपालिका हो। निकै दौडधुप र चुनावी प्रचार गरे पनि यहाँ १० मध्ये एमालेले एउटा पनि वडासमेत जित्न सकेन।

रघुवीर महासेठको गृहनगर मिथिला बिहारीको प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी विजयी

जनकपुरधाम। धनुषाको मिथिला बिहारी नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा माओवादी केन्द्र विजयी भएको छ।

नेकपा एमालेका उम्मेदवार अनिल कुमार यादवलाई २१० मतान्तरले हराउँदै मेयरमा कांग्रेसका राजेन्द्रप्रसाद यादव विजयी भएका हुन्।

विजयी भएका कांग्रेसका राजेन्द्रले ४ हजार ३०४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान मेयरसमेत रहेका अनिलले ४ हजार ९४ मत ल्याए।

मिथिला बिहारीको उपमेयरमा भने माओवादी केन्द्रकी शोभादेवी साह विजयी भइन्। उनले ३ हजार ३३० मत ल्याउँदा उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)की अनिता कुमारीले २ हजार ७९७ मत ल्याइन्।

मिथिला बिहारी एमाले सचिव तथा मधेश प्रदेश इन्चार्ज रघुवीर महासेठको गृह पालिका हो। निकै दौडधुप र चुनावी प्रचार गरे पनि यहाँ १० मध्ये एमालेले एउटा वडामा समेत जित्न सकेन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved