‘सुन्दरी प्रतियोगिताका आयोजकबाट बलात्कृत’ युवतीको पक्षमा प्रदर्शन (फोटोहरू)

सुन्दरी प्रतियोगिताका आयोजकलाई बलात्कारको अभियोग लगाउँदै सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गरेकी एक युवतीलाई न्याय दिलाउन माग गर्दै शनिबार पनि प्रदर्शन भएको छ। माइतीघर मण्डलामा स्वतन्त्र रूपमा युवायुवतीहरूले प्रदर्शन गरेका हुन्।

‘सुन्दरी प्रतियोगिताका आयोजकबाट बलात्कृत’ युवतीको पक्षमा प्रदर्शन (फोटोहरू)

काठमाडौं। सुन्दरी प्रतियोगिताका आयोजकलाई बलात्कारको अभियोग लगाउँदै सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गरेकी एक युवतीलाई न्याय दिलाउन माग गर्दै शनिबार पनि प्रदर्शन भएको छ। माइतीघर मण्डलामा स्वतन्त्र रूपमा युवायुवतीहरूले प्रदर्शन गरेका हुन्।

उनीहरूले बलात्कारको मुद्दामा हद म्याद घटाउन माग गरेका छन्। सन् २०१४ मा ‘मिस ग्लोबल इन्टरनेशनल’मा आफूलाई आयोजकले एभरेस्ट होटेलमा लगेर बलात्कार गरेको भन्ने भिडिओ सार्वजनिक भएपछि न्यायको पक्षमा आवाज उठिरहेको छ। युवतीले आरोप लगाउँदै टिकटकमा भिडिओ पोस्ट गरेपछि सामाजिक सञ्जालमा भाइरल भएको हो।

भिडिओ भाइरल भएपछि विभिन्न क्षेत्रका व्यक्तिहरूले पीडित युवतीको पक्षमा सहानुभूति देखाउँदै बोल्न थालेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved