भारतको बिहारमा गोली हानी पत्रकारको हत्या

नेपालभ्युज

भारतको बिहारमा गोली हानी पत्रकारको हत्या
प्रतिकात्मक तस्वीर ।

बिहार। भारतको बिहार प्रान्तको बेगुसराय जिल्लामा पत्रकार सुभाष कुमारको गोली हानी हत्या गरिएको छ। आफ्नो गाउँमा आयोजित एक कार्यक्रममा सहभागी भएर घर फर्किरहेको समयमा हत्या भएको हो।

घटनाको जानकारी पाउनासाथ घटनास्थलमा प्रहरी पुगेको थियो। मृतक पत्रकार सुभाष आफ्ना आमाबुबाका एक्लो सन्तान थिए। उनी २० मे बेलुका गाउँमा नै आयोजित एक कार्यक्रममा सामिल हुन गएका थिए।

मांगलिक कार्यक्रमबाट राती फर्कंदा उनलाई बाटोमा ढुकेर बसेका अज्ञात व्यक्तिहरुले गोली हानेका बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved