पदभार ग्रहणपछि बारबर्दियाका प्रमुखले भने, ‘१० वर्षे शिक्षा योजना पुर्णरुपले कार्यन्वयन गर्छु’

थारुले शहीद विष्णु–धनी बहुप्राविधिक शिक्षालयलाई सीटीईभीटीको आंगिक शिक्षालय बनाउने काम पनि आफ्नो कार्यकालमा गर्ने बताएका छन्।

नेपालभ्युज

पदभार ग्रहणपछि बारबर्दियाका प्रमुखले भने, ‘१० वर्षे शिक्षा योजना पुर्णरुपले कार्यन्वयन गर्छु’

बर्दिया। बारबर्दिया नगरपािलकाका नवनिर्वाचित प्रमुख छविलाल थारुले १० वर्षे शिक्षा योजना पुर्णरुपले कार्यन्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।

नगर प्रमुखको पदभार ग्रहण गर्दै थारुले आफ्नो पाँच वर्षीय कार्यकालमा १० वर्षे शिक्षा योजना पुर्णरुपले कार्यन्वयन गर्ने काम आफ्नो प्राथमिकतामा रहने प्रतिबद्धता व्यक्त गरेका हुन्।

थारुले शहीद विष्णु–धनी बहुप्राविधिक शिक्षालयलाई सीटीईभीटीको आंगिक शिक्षालय बनाउने काम पनि आफ्नो कार्यकालमा गर्ने बताएका छन्।

पाँच वर्षीय कार्यकालमै आरसी मेमोरियल अस्पताललाई ५० शैय्याको अस्पतालमा स्तरउन्नति गरी विज्ञ सेवा सञ्चालन गर्ने र १० वर्षे शिक्षा योजना पूर्णरुपले कार्यन्वयन गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved