सेतीमा बस खस्दा चारजना घाइते, एक बालक बेपत्ता

बस सडकबाट सेती नदीको किनारमा खसेको छ।

सेतीमा बस खस्दा चारजना घाइते, एक बालक बेपत्ता

धनगढी। धनगढीबाट अछाम जाँदै गरेको बस डोटीमा दुर्घटना भएको छ।

शनिबार बिहान ना ५ ख ९६६३ नम्बरको बस डोटीको शिखर नगरपालिका–१ गरेपानीमा दुर्घटना हुँदा चारजना घाइते भएका छन्।

बस सडकबाट सेती नदीको किनारमा खसेको छ।

दुर्घटनामा १८ महिनाका एक बालक बेपत्ता भएका छन्।

प्रहरी घटनास्थलमा पुगेर उद्धार र विस्तृत विवरण संकलन गरिरहेको जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved