चितवनको जिल्ला समन्वयमा एमाले प्रमुख दाबेदार, सत्ता गठबन्धन कमजोर

इच्छाकामना गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष नेकपा एमालेले जितेको छ। यस्तै कालिका नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकामा पनि एमालेकै उम्मेदवारले मेयर उपमेयर पदमा जित हासिल गरेका छन्।

नेपालभ्युज

चितवनको जिल्ला समन्वयमा एमाले प्रमुख दाबेदार, सत्ता गठबन्धन कमजोर

काठमाडौं। चितवनको जिल्ला समन्वय समितिको नेतृत्वका लागि नेकपा एमाले प्रमुख दाबेदार हुने भएको छ। चितवनमा रहेका गाउँपालिका र बहुमत नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजय भएसँगै जिल्ला समन्वय समितिमा एमालेकै दाबी पर्ने भएको हो।

चितवनका १ गाउँपालिका र ५ नगरपालिकाको नतिजा सार्वजनिक भइसकेको छ। जसमा इच्छाकामना गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष नेकपा एमालेले जितेको छ। यस्तै कालिका नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकामा पनि एमालेकै उम्मेदवारले मेयर उपमेयर पदमा जित हासिल गरेका छन्।

रत्ननगर नगरापालिकाको मेयर र उपमेयर नेपाली कांग्रेसले जितेको छ भने राप्ती नगरपालिकाको मेयर पद कांग्रेसले जित्दा उपमेयर एमालेले जितेको छ। भरतपुर महानगरपालिकाको मतगणना जारी छ।

मतगणना जारी रहँदा हालसम्मको अवस्थामा गठबन्धनबाट महानगरपालिकाको मेयर पदको उम्मेवदार बनेकी माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिएकी छन् भने उपमेयरमा गठबन्धनकै कांग्रेस उम्मेदवार चित्रसेन अधिकारी अग्रस्थानमा छन्।

यस हिसाबले चितवनको जिल्ला समन्वय समितिको नेतृत्व एमालेले गर्नेछ। महानगरपालिकाकामा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले संयुक्त रुपमा गठबन्धनविरुद्ध प्रतिस्पर्धा गरेका दिए। जहाँ दुवै पार्टीका उम्मेदवार आफ्नो प्रतिस्पर्धीको तुलनामा धेरै पछि छन्। महानगरको नेतृत्व एमालेले गर्ने सम्भावना घट्दै गए पनि जिल्ला समन्वय समिति भने एमालेकै नेतृत्वमा बन्ने देखिएको छ।

समन्वय समितिको अध्यक्ष र उपाध्यक्षका लागि गाउँपालिकामा निर्वाचित अध्यक्ष र उपाध्यक्ष तथा निर्वाचित मेयर र उपमेयरले मतदान गर्ने हो।

चितवनको जिल्ला समन्वय समितिको नेतृत्व चयनका लागि हुने मतदानमा १ गाउँपालिका, एक महानगरपालिकाका र ५ नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउँछन्। १४ जनाले मतदान गर्न पाउनेमा ९ जना एमालेका भएसँगै जिल्ला समन्वयमा अन्य पार्टीको सम्भावना कम भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved