धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई जितउन्मुख

हर्कको चुनाव चिह्न लौरोमा अहिलेसम्म १३ हजार ६३१ मत आएको छ। उनलाई गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले ११ हजार ५६७ मतसहित पछ्याइरहेका छन्।

नेपालभ्युज

धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई जितउन्मुख

धरान। स्वतन्त्र उम्मेदवार हर्कराज राईले मकड जमाउँदै गर्दा कम्युनिस्ट गढका रुपमा रहेको धरान उपमहानगरपालिकामा यसपटकको चुनावमा कम्युनिस्ट उम्मेदवारनै छायामा परेका छन्।

सुनसरीको धरानमा यसपटकको स्थानीय निर्वाचनमा लौरो चुनाव चिह्नमा चुनाव लडेका स्वतन्त्र उम्मेदवार हर्कले अग्रता बढाइरहेका छन्।

धरानमा पानी अभियन्ताको छवि बनाएका उनले अहिलेसम्मको मतगणनामा दुई हजारभन्दा बढी मतको अग्रता बनाएका छन्।

कूल ४३ हजार ५२२ मतगणना हुँदा हर्कको चुनाव चिह्न लौरोमा अहिलेसम्म १३ हजार ६३१ मत आएको छ। उनलाई गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले पछ्याइरहेका छन्। नेकपा एमालेका उम्मेदवार मञ्जु भण्डारी तेस्रो स्थानमा छिन्।

कांग्रेसका राईले अहिलेसम्म ११ हजार ५६७ मत पाएका छन्। एमालेका उम्मेदवार मञ्जु भण्डारीको पक्षमा ९ हजार ४४३ मत आएको छ।

१५ ओटा वडाको मतगणना सकिँदासम्म उपमेयरमा गठबन्धनतर्फका उम्मेदवार नेकपा माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले अग्रता बनाएका छन्। उनले १३ हजार ६६७ मत पाएका छन्।

बेघालाई एमालेका उम्मेदवार पदमप्रसाद लिम्बुले १२ हजार ७५४ मतसहित पछ्याइरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved