इलामको फाकफोकथुममा एमाले विजयी

नेपालभ्युज

इलामको फाकफोकथुममा एमाले विजयी

इलाम। इलामको फाकफोकथुम गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार दीपेन्द्र खनाल अध्यक्ष पदमा विजयी भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार डिकबहादुर थापालाई पराजित गर्दै उनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन्।

विजयी उम्मेदवार खनालले पाँच हजार ३२२ मत प्राप्त गरे। उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार थापाले चार हजार ८२१ मत प्राप्त गरेका छन्।

उपाध्यक्षमा पनि गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार केबी बान्तावालाई पराजित गर्दै एमालेकी उम्मेदवार कल्पना राई विजयी भइन्। राईले पाँच हजार १५८ मत प्राप्त गर्दा बान्तावाले चार हजार १७४ मत प्राप्त गरेकी छन्।

योसँगै जिल्लाका नौ पालिकाहरुको अन्तिम नतिजा आइसकेको छ। जिल्लाको सबैभन्दा ठूलो नगरपालिका सूर्योदयको भने अझै मतगणना जारी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved