अफताब आलमका छोरा दोब्बर मतले मेयरमा निर्वाचित

नेपालभ्युज

अफताब आलमका छोरा दोब्बर मतले मेयरमा निर्वाचित

काठमाडौं। इँटा भट्टामा राखेर मजदुरहरूलाई जिउँदै जलाएको अभियोगमा थुनामा रहेका पूर्वमन्त्री अफताब आलमका छोरा मोहम्मद राजिक आलम राजपुर नगरपालिकाको मेयरमा विजयी भएका छन्।

रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अफतावका छोरा राजिक प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी(जसपा)का मोहम्मद जैद आलमलाई दोब्बर मतान्तरले पराजित गर्दै विजयी भए। नेपाली कांग्रेसका उम्मेदवार राजिकले ६ हजार ३३५ मत प्राप्त गरे।

उनका प्रतिद्वन्द्वी जसपाका मोहम्मद जैदले ३ हजार ७५१ मत प्राप्त गरेका थिए। यहाँ उपमेयरमा पनि कांग्रेसले जित निकालेको छ। कांग्रेसकी जमिला असगरीले जसपाकी चिन्ताकुमारी कलवार पराजित गर्दै उपमेयरमा जितेकी हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved