‘कांग्रेसका मतदातालाई रुखबाहेक अर्को चुनाव चिन्हमा भोट हाल्न गाह्रो छ’

गगन थापाले भने, ‘‘कांग्रेसका मतदाता कम्युनिष्ट पार्टीको जस्तो संगठित, आदेश पालना गर्ने मतदाता हाेइनन्। उनीहरुका लागि अर्काे पार्टीकाे चुनाव चिन्हमा भाेट हाल्ने र हाल्न लगाउने काम एकदमै गाह्राे कुरा हाे।’’

नेपालभ्युज

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनमा रहेका दलहरु पराजित हुनु तथा मत कम आउनुमा दल स्वयमकाे संगठन कमजोर रहेको टिप्पणी गरेका छन्।

शुक्रबार प्रतिनिधि सभाको बैठकका लागि संसद भवन पुगेका सांसद थापाले अहिलेको स्थानीय निर्वाचनको मत परिणाम स्वभाविक भएको उल्लेख गर्दै यस सम्बन्धमा गठबन्धनका दलहरुबीच आ–आफ्नो पार्टीभित्र समिक्षा हुने बताए।

उनले कांग्रेसका मतदाताले रुख बाहेक अन्य चिन्हमा मतदान गर्ने कुरा गाह्रो भएको पनि बताए। पार्टीका उम्मेदवार र नेताहरुले गठबन्धनमा  भोट हाल्न आह्वान गरेपनि कांग्रेसका मतदाताले नमानेकाे उनकाे भनाइ छ।

नेता थापाले भने, ‘‘कांग्रेसका मतदाता कम्युनिष्ट पार्टीको जस्तो संगठित, आदेश पालना गर्ने मतदाता हाेइनन्। उनीहरुका लागि अर्काे पार्टीकाे चुनाव चिन्हमा भाेट हाल्ने र हाल्न लगाउने काम एकदमै गाह्राे कुरा हाे।’’

उनले गठबन्धन गर्दा अर्को दल २० प्रतिशत भएको ठाउँमा कांग्रेसले ८० प्रतिशत मत दिनुपर्ने अवस्थामा केही मत चुहिएर कम पर्न गएको र कांग्रेस ८० प्रतिशत भएको ठाउँमा अन्य पार्टीले २० प्रतिशत थपिदिँदा कांग्रेसको जित सहज विश्लेषण गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved