बेथानचोकको उपाध्यक्षसहित पाँच वडा कांग्रेसले जित्दा माओवादी उपाध्यक्षमै सीमित, एमाले शून्य

बेथानचोकका ६ वडामध्ये पाँच वडा नेपाली कांग्रेसले जितेको छ भने एक वडा स्वतन्त्र उम्मेदवारले जितेका छन्।

नेपालभ्युज

बेथानचोकको उपाध्यक्षसहित पाँच वडा कांग्रेसले जित्दा माओवादी उपाध्यक्षमै सीमित, एमाले शून्य

काठमाडौं। काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका अध्यक्षसहित पाँच वडा नेपाली कांग्रेसले जितेको छ।

गठबन्धनको तर्फबाट कांग्रेसका भगवान अधिकारी बेथानचोक गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन्।

अध्यक्ष अधिकारी ६ हजार १९ मतसहित अध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कलमप्रसाद तिमल्सिनाले तीन हजार १६० मत प्राप्त गरेका छन्।

यस्तै उपाध्यक्षमा नेकपा (मोओवादी केन्द्र) का तारा राना तिमल्सिना चार हजार ४९८ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी सरला लामिछानेले तीन हजार ५७३ मत प्राप्त गरिन्।

बेथानचोकका ६ वडामध्ये पाँच वडा नेपाली कांग्रेसले जितेको छ भने एक वडा स्वतन्त्र उम्मेदवारले जितेका छन्। मोओवादी उपाध्यक्षमा सीमित हुँदा एमाले सबै वडामा पराजित भएकाे छ।

वडा नं १ मा कांग्रेसका मधुसुधन तिमल्सिना, २ मा कांग्रेसकै पुरुषोत्तम तिमल्सिना, ३ मा कांग्रेसका कुबेर ढकाल, ४ मा कांग्रेसकै कृष्णबहादुर लामा, ६ मा कांग्रेसका विष्णु तामाङ निर्वाचित भएका छन् भने वडा नं ५ मा स्वतन्त्र उम्मेदवार राजकुमार वाइबाले जित हासिल गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved