रङ्गेलीमा प्रहरी र कार्यकर्ताबीच झडप, दुई राउण्ड अश्रुग्यास प्रहार

मतगणनामा धाँधली गर्न खोजिएको भन्दै कार्यकर्ता झडपमा उत्रिएका हुन्। 

नेपालभ्युज

रङ्गेलीमा प्रहरी र कार्यकर्ताबीच झडप, दुई राउण्ड अश्रुग्यास प्रहार

विराटनगर। मोरङको रङ्गेलीमा प्रहरी र राजनीतिक दलका कार्यकर्ताबीच झडप भएको छ।

मतगणनास्थलको सुरक्षाका लागि खटिएका प्रहरीमाथि कार्यकर्ताले ढुंगामुढा प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड अश्रुग्यास प्रहार गरेको छ। घटनामा कुनै मानवीय क्षति भने नभएकाे प्रहरीले जनाएकाे छ।

मतगणनामा धाँधली गर्न खोजिएको भन्दै कार्यकर्ता झडपमा उत्रिएका हुन्। रङ्गेली नगरपालिका वडा नम्बर ७ को मतगणनाको क्रममा १०७ मत बढी फेला परेपछि शुक्रबार बिहानैदेखि नेकपा (एमाले) बाहेकका राजनितीक दलका कार्यकर्ताहरुले विरोध गर्दै आइरहेका थिए।

कार्यकर्ताहरुको विरोधका कारण रङ्गेलीको अन्य वडाको मतगणना समेत स्थगित गर्नु परेको थियो। कुल तीन हजार २४२ मत खसेको रङ्गेली–७ मा मतगणनाको क्रममा तीन हजार ३४९ मत फेला परेपछि विवाद सुरु भएको थियो ।

प्राविधिक त्रुटीका कारण कम्प्युटरमा बढी मत प्रविष्टि भएपछि तनावकाे अवस्था सिर्जना भएकाे रङ्गेलीका निर्वाचन अधिकृत रामहरी काफ्लेले बताए। मतगणनास्थलमा हाल ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved