दाङको एउटै वडामा ९०६ मत बदर

बदर भएको उक्त मत उपप्रमुखको हो।

नेपालभ्युज

दाङको एउटै वडामा ९०६ मत बदर

तुलसीपुर। दाङको तुलसीपुर उपमहानगरपालिकाको एउटै वडामा ९०६ मत बदर भएको छ।

तीन हजार ७४१ मत खसेकामा ९०६ मत बदर भएको हो। बदर भएको उक्त मत उपप्रमुखको हाे। तुलसीपुर–५ बाट साे संख्यामा मत बदर भएको निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरका निर्वाचन अधिकृत राजेश्वर अर्यालले बताए।

त्यस्तै तुलसीपुर–४ बाट पनि त्यत्तिकै मत बदर भएका छन्। चार हजार १७७ मत खसेको तुलसीपुर–४ बाट ८६१ मत बदर भएको हो।

तुलसीपुर–१ बाट ३९६, तुलसीपुर–२ बाट ३६४ मत बदर भएका छन्। यसपटक धेरै दलको गठबन्धन भएको र एउटै पदमा धेरै छाप लगाएकाले धेरै बदर रहेको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved