झापाकाे बिर्तामोड नगरपालिकामा फराकिलो मतान्तरले एमाले विजयी

झापाको बिर्तामोड नगरपालिकाको मेयर र उपमेयर नेकपा एमालेले जितेकाे छ।

नेपालभ्युज

झापाकाे बिर्तामोड नगरपालिकामा फराकिलो मतान्तरले एमाले विजयी

काठमाडौं। झापाको बिर्तामोड नगरपालिकाको मेयरमा नेकपा एमालेले जित हासिल गरेको छ।

कांग्रेसका भोजराज सिटौलालाई फराकिलो मतान्तरले पराजित गर्दै एमालेकी पवित्रादेवी महतारा मेयरमा निर्वाचित भएकी हुन्। उनले १६ हजार ५२० मत प्राप्त गरिन् भने निकटतम प्रतिद्वन्द्वी सिटौलाले १२ हजार ७६२ मत पाए।

नगरपालिकाको उपमेयरमा १५ हजार ५८६ मत ल्याएर एमालेका नगेन्द्र संग्रौला निर्वाचित भएका छन्। माओवादी केन्द्रका चन्द्रप्रसाद (सीपी) कडरियालाई ७ हजार १३५ मतान्तरले पराजित गरी उपमेयरमा संग्रौला निर्वाचित भएका हुन्।

माओवादीबाट उम्मेदवारी दिएका कडियारले ८ हजार ४५१ मत पाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved