सुन्दरी प्रतियोगिताका आयोजकबाट बलात्कृत युवतीलाई प्रहरीको आग्रह- छिटो सम्पर्कमा आउनुस्

उजुरीबिनै आरोपित खोज्न थाल्यो प्रहरी

उनले प्रहरीमा भने उजुरी दिएकी छैनन्। सामाजिक संञ्जालमा भेटिएको भिडिओकै आधारमा प्रहरीले पीडितले नाम लिएका व्यक्तिहरूमाथि समेत निगरानी बढाएको छ।

सुन्दरी प्रतियोगिताका आयोजकबाट बलात्कृत युवतीलाई प्रहरीको आग्रह-  छिटो सम्पर्कमा आउनुस्

काठमाडौं। सौन्दर्य प्रतियोगिताका आयोजकले बलात्कार गरेको खुलासा गरेकी युवतीलाई आफ्नो सम्पर्क आउन महानगरीय प्रहरी परिसर, काठमाडौंले आग्रह गरेको छ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदीप गिरीले ‘सक्सेस पार्टी’ दिने बहानामा होटलमा बोलाएर बेहोस बनाई बलात्कार गरेको कारुणिक भिडिओ पोस्ट गर्ने ती युवतीलाई आफूलाई सम्पर्क गर्न आग्रह गरेका हुन्।

भिडिओमा आफू १६ वर्षको हुँदा आजभन्दा ८ वर्षअघि काठमाडौंको एक होटलमा कार्यक्रम आयोजकले बेहोस हुने पेय पदार्थ खुवाएर बलात्कार गरेको ती युवतीको आरोप छ।

सामाजिक संञ्जामा भिडियो हेरेलगत्तै आफूले पनि पीडित भनिएकी ती युवती र उनको परिवारको खोजी गरिरहेको एसएसपी गिरीले बताए।

‘‘सामाजिक सञ्जालमा आएका भिडिओका आधारमा हामीले पीडितको खोजी गरिरहेका छौँ तर नजिक पुगिसकेका छैनौँ। हामी उहाँ (पीडित) लाई छिटोभन्दा छिटो हाम्रो सम्पर्कमा आउन आग्रह गछौँ,’’ काठमाडौं प्रमुख एसएसपी गिरीले नेपाल भ्यूजसँग भने, ‘‘जति ढिला हुन्छ त्यति घटनाका प्रमाणहरू नष्ट हुनसक्छ। पीडितको सुरक्षाको लागि पनि हामी उहाँसमक्ष तत्काल पुग्न चाहन्छौँ । पीडित युवतीलाई नजिकबाट चिन्नेहरूले पनि उहाँ तथा उहाँको परिवारको फोन नम्बर, ठेगाना, तथा सम्पर्कको माध्यम हामीलाई जानकारी गराइदिनुहोला।’’

सुदीप गिरी, काठमाडौं प्रहरी प्रमुख

आरोपितमाथि प्रहरीले बढायो निगरानी

सन् २०१४ मा ‘मिस ग्लोबल इन्टरनेशनल’ मा ‘फर्स्ट रनर अप’ ती युवतीले आयोजकले आफ्नो नाङ्गो फोटो खिचेर ‘ब्लाकमेलिङ’ गर्दै ६ महिनासम्म बलात्कार गरेको आरोप लगाएकी हुन्।

उनले प्रहरीमा भने उजुरी दिएकी छैनन्। सामाजिक सञ्जालमा भेटिएको भिडिओकै आधारमा प्रहरीले पीडितले नाम लिएका व्यक्तिहरूमाथि समेत निगरानी बढाएको छ।

एसएसपी गिरीले भने, ‘‘सबै घटनामा उजुरी दिएपछि मात्रै अनुसन्धान अघि बढाउने भन्ने हुँदैन। घटनाको प्रकृतिअनुसार प्रहरीले सेन्स अफ ह्मयर लगाएर काम गर्ने हो। यो संवेदनशील घटना भएकाले घटनाबारे उजुरी नपरे पनि हामीले आरोपितमाथि निगरानी बढाएका छौँ।’’

सुन्दरी प्रतियोगितामा सहभागी युवतीलाई आयोजकले बलात्कार गरेको आरोप

सरकारवादी मुद्दाका रूपमा अनुसन्धान अघि बढाइने

मुलुकी ऐनमा बलात्कारविरुद्ध उजुरी गर्न एक वर्षे हदम्याद तोकिएकोले आफूले न्याय नपाउने ती युवतीले पछिल्लो भिडियो सार्वजनिक गर्दै बताएकी छिन्। यद्यपि प्रहरीले भने सरकारवादी मुद्दाका रूपमा अनुसन्धान अघि बढाउने बताएको छ।

बुधबार टिकटक र बिहीबार इन्स्टाग्रामबाट भिडियोमार्फत पीडित युवतीले आफूमाथि भएको घटनाको विस्तृत खुलासा गरेकी हुन्। भिडियोमा उनले सानैदेखि मोडलिङमा रुचि राख्ने गरेको र कक्षा १२ को परीक्षा दिएपछि हाउस अफ फेसनमा अडिसन दिएको बताएकी छन्। त्यसमा छनोट नभए पनि उनको फोटो सार्वजनिक भएपछि भिसा ग्लोबल कन्सल्टेन्सीले ‘फोटोसुट’ का लागि अफर गरेको उनको भनाइ छ ।

प्रतियोगिता सहभागी भएको र प्रतियोगिता सकिएपछि आफू यौन उत्पीडनमा पर्दै आएको उनले बताएकी छिन्। यही घटनाले गर्दा आफ्ना सामाजिक सम्बन्धहरू टुटेको, दोषीलाई कारबाही नभएको देखेर आत्मबल कमजोर भएको र विभिन्न औषधिको सहारा लिनुपरेको विस्तृत विवरण उनले सुनाएकी छन्।

पीडित युवतीलाई न्याय दिलाउन माग गर्दै शुक्रबार काठमाडौंमा प्रदर्शन भएको छ। बालुवाटारस्थित भाटभटेनीमा स्वतन्त्र रूपमा प्रदर्शन भएको हो। भिडिओ भाइरल भएपछि विभिन्न क्षेत्रका व्यक्तिहरूले पीडित युवतीको पक्षमा सहानुभूति देखाउँदै बोल्न थालेका छन्।

यौनहिंसामा परेको भन्दै सामाजिक सञ्जालमा आएकी युवतीको पक्षमा प्रदर्शन (फोटोहरू)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved