कालिकोटको पचालझरनामा कांग्रेस-एमालेको गठबन्धनलाई हराउँदै माओवादी विजयी

यो गाउँपालिका कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीको निर्वाचन क्षेत्र हो।

नेपालभ्युज

कालिकोटको पचालझरनामा कांग्रेस-एमालेको गठबन्धनलाई हराउँदै माओवादी विजयी

सुर्खेत। कालिकोटको पचालझरना गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार विजयी भएका छन्।

नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनलाई पराजित गर्दै अध्यक्षमा देवराज शाही निर्वाचित भएका हुन्। शाहीले दुई हजार ३६२ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टेकबहादुर बुढाले दुई हजार ७२९ मत प्राप्त गरे।

उपाध्यक्षमा अल्किना बमले दुई हजार ३९८ मत ल्याइन् भने उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रन रोकाया एक हजार २३६ मत ल्याएर पराजित भएको निर्वाचनको कार्यालय कालिकोटले जनाएको छ।

यो गाउँपालिका कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीको निर्वाचन क्षेत्र हो। यहाँ माओवादी केन्द्र एक्लै निर्वाचनमा गएको थियो भने कांग्रेस र एमालेले गठबन्धन गरेका थिए । नौ वटा वडा रहेको यस गाउँपालिकामा आठ वटा वडा माओवादी केन्द्र विजयी भएको छ भने एउटामा नेपाली कांग्रेस विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved