सुर्खेतको सिम्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा गठबन्धनलाई हराउँदै एमाले विजयी

सुर्खेतका नौ पालिकामध्ये कांग्रेसले चार पालिकाको प्रमुख, एक पालिकाको उपप्रमुख, एमालेले चार पालिकाको प्रमुख, एक पालिकाको उपप्रमुख तथा माओवादी केन्द्रले एक पालिकाको प्रमुख पदमा जित हासिल गरेको छ।

नेपालभ्युज

सुर्खेतको सिम्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा गठबन्धनलाई हराउँदै एमाले विजयी

सुर्खेत। सुर्खेतको सिम्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनलाई पराजित गर्दै अध्यक्षमा ऐनबहादुर चन्द र उपाध्यक्षमा गोमा शर्मा विजयी भएका हुन्।

एमालेका चन्दले ६ हजार १७० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका वीरेन्द्र रावतले पाँच हजार ८५२ मत प्राप्त गरे।

उपाध्यक्षमा विजयी एमालेकी शर्माले ६ हजार ९१ तथा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका चित्रबहादुर हमालले पाँच हजार ३११ मत प्राप्त गरे।

नौ वडा रहेको सिम्तामा एमालेले पाँच र कांग्रेसले चार वडामा जित हासिल गरेको छ। विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि यहाँ अध्यक्ष÷उपाध्यक्षमा एमाले उम्मेदवार नै विजयी भएका थिए।

सिम्ताको मतगणना सम्पन्न भएसँगै सुर्खेतका नौओटै पालिकाको निर्वाचन परिणाम घोषणा भएको छ।

कांग्रेसले चार पालिकाको प्रमुख, एक पालिकाको उपप्रमुख, एमालेले चार पालिकाको प्रमुख, एक पालिकाको उपप्रमुख तथा माओवादी केन्द्रले एक पालिकाको प्रमुख पदमा जित हासिल गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved