क्षीरेश्वरनाथमा तीन दिनदेखि रोकिएको मतगणना शुरु, वडा नम्बर पाँचमा कांग्रेस विजयी

वडा नं. ५ मा मतपरिणामको विषयमा बिबाद हुँदा पुनः गणना गरिएको थियो। उक्त गणनाबाटक कांग्रेसका मण्डल ६ मतले दोश्रो कार्यकालका लागि प्यानलसहित विजयी भएका हुन्।

क्षीरेश्वरनाथमा तीन दिनदेखि रोकिएको मतगणना शुरु, वडा नम्बर पाँचमा कांग्रेस विजयी

जनकपुरधाम। तीनदेखि रोकिएको धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको मतगणना शुरु भएको छ। गएराति ११ बजेदेखि मतगणना शुरु भएपछि वडा नं. ५ मा नेपाली काङ्ग्रेसका उम्मेदवार जिवछ मण्डल ६ मतले विजयी भएका छन्।

सोही वडामा मतपरिणामको विषयमा बिबाद हुँदा पुनः गणना गरिएको थियो। उक्त गणनाबाट मण्डल ६ मतले दोश्रो कार्यकालका लागि प्यानलसहित विजयी भएका हुन्।

यसअघि भएको मतगणनामा मण्डलले नै २ मतले जितेको नतिजा आएको थियो। तर, नेकपा एमालेले १ मतले आफ्नो उम्मेदवार राज नारायण प्रसाद गुप्ता (राजु)ले जितेको दाबी गर्दै पुनः मतगणनाको माग गरेपछि मतगणना अवरुद्ध भएको थियो।

एमालेले मतगणनामा धाँधली भएको आरोप लगाउदै पुनः मतगणना हुनुपर्ने माग राख्दा ३ दिन मतगणना अवरुद्घ भएको थियोे। पुनः मतगणनाबाट मण्डल ९१२ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका राजु गुप्ताले ९०६ मत प्राप्त गरे।

वडा नं ५ बाट कांग्रेसका मेयरका उम्मेदवार योगेन्द्र पजियारले १ हजार १८७ मत प्राप्त गरेका छन् भने एमालेका मेयर उम्मेदवार सुखदेव यादवले १ हजार ११५ मत प्राप्त गरेका छन्।

त्यस्तै, कांग्रेसका उपमेयर रचना माथेमाले १ हजार २१९ र एमालेका उपमेयर सालिनी चौधरीले १ हजार २४ मत प्राप्त गरेका छन्। अब वडा नं १ को मतगणना शुरू भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved